site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विद्युत् प्राधिकरणले वाणिज्य बैंकबाट लियो पाँच अर्ब ऋण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय वाणिज्य बैंकबाट पाँच अर्ब ऋण लिएको छ । प्राधिकरणले ५.३९ प्रतिशतमा अल्पकालीन ऋण लिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ५.३९ प्रतिशतमा अल्पकालीन ऋण लिएको जानकारी दिए । यो ऋण प्राधिकरणको दायित्व तिर्न एवं अन्य लगानीमा खर्च हुने उनको भनाइ छ ।

प्राधिकरणको बोर्ड बैठकले अल्पकालीन १० अर्ब ऋण लिने स्वीकृति दिएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्