site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षमा ढकाल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई अध्यक्ष चयन गरेको छ ।

शुक्रबारको बैठकले सर्वसम्मत रुपमा ढकाललाई अध्यक्ष चयन गरेसँगै उनले पदभार ग्रहण गरेका छन् । 

ढकालसँग नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेको अनुभव छ । पछिल्लो समय राष्ट्र बैंकको निर्देशकको जिम्मेवारीमा रहेर कार्य गरेका ढकाल वित्तीय प्रणाली, बैंकिङ प्रशासन तथा नियमन प्रणाली विषयको जानकार छन् । 

विसं २०२२ स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले अहिले ३०९ वटा शाखा कार्यालयमार्फत ७७ वटै जिल्लामा करिव ४७ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको छ । रासस

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  ०७:०४
प्रतिक्रिया दिनुहोस्