काठमाडौं । मछिन्द्र क्लब एन्फा यू–१६ युथ लिगमा ६–० ले विजयी भएको छ । मछिन्द्रले मंगलबार श्री भगवती क्लब टोखालाई ६–० ले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा मछिन्द्रलाई जित दिलाउन विकास थापाले ह्याट्रिक गरे । त्यसैगरी कुमार योञ्जन र राहुलकुमार योञ्जनले समान दुई गोल गर्दा करन धामीले एक गोल गरे ।
मछिन्द्रले पहिलो र दोस्रो हाफमा समान तीन गोल गरेको थियो ।
खेलको २०औँ मिनेटमा राहुलले मछिन्द्रलाई अग्रता दिलाए । २५औँ मिनेटमा विकासले अग्रतालाई दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा राहुलले गोल गरेपछि टोलीले ३–० को अग्रता कायम गर्यो । ८०औँ मिनेटमा विकासले गोल गर्दै अग्रतामा एक गोल थपे । ९०औँ मिनेटमा करनले अग्रतालाई ५–० को अवस्थामा पुर्याए । इन्जुरी समयमा विकासले ह्याट्रिक गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
जितसँगै मछिन्द्रले लिगमा १३ अंक जोडेको छ । अब पाँचौँ जितको लागि मछिन्द्रले डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । खेल शुक्रबार (साउन २ गते) दिउँसो १ बजे हुनेछ ।
पराजित भगवतीले भने पाँचौँ खेलमा न्युरोड टिम (एनआरटी)सँग प्रतिस्पर्धा गर्नेछ । खेल बिहीबार (साउन १ गते) दिउँसो ४ बजे हुनेछ ।