site stats
बाह्रखरी :: Baahrakhari
देश
कर्णालीमा सरकारी समयमा निजी अस्पतालमा सेवा दिएको पाइए कडा कारबाही हुने

सुर्खेत । कर्णाली प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालयले प्रदेशभित्रका चिकित्सक, स्वास्थ्यकर्मीहरूलाई कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक तथा मेडिकल प्रयोगशालामा कार्य नगर्न कडा निर्देशन दिएको छ 

मन्त्रालयका सचिव धोलकराज ढकालले विभिन्न सञ्चार माध्यम तथा सरोकारवाला निकायबाट यस्तो कार्य भइरहेको गुनासोहरू प्राप्त भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । निर्देशन पत्र जारी गर्दै उनले सरकारी सेवा समयमा निजी संस्थामा कार्य गर्नुलाई ‘अनुचित’ तथा ‘नैतिक र व्यावसायिक मर्यादाविपरीत’ भन्दै मन्त्रालयले यस्तो कार्यमा संलग्नलाई कारबाही प्रक्रिया अगाडि बढाइने निर्देशन पत्रमार्फत चेतावनी दिएका छन् ।

पत्रमा भनिएको छ, “कार्यालय समयमा निजी स्वास्थ्य संस्थाहरूमा सेवा दिने कार्यले प्रदेश सरकारको नीति, कार्यसम्पादन र सेवा प्रवाहमै प्रत्यक्ष असर परेको छ । यस्तो कार्यमा संलग्न कर्मचारी/चिकित्सकहरूलाई सिफारिस गरी आवश्यक कारबाही गरिनेछ ।”

 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  २३:३७
प्रतिक्रिया दिनुहोस्