site stats
बाह्रखरी :: Baahrakhari
खेल
शीर्ष डिभिजन लिगको नयाँ ट्रफी डिजाइन गर्न आवेदन आह्वान

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शीर्ष डिभिजन लिगको नयाँ ट्रफीको डिजाइन गर्न आवेदन आह्वान गरेको छ । 

मंगलबार एन्फाले सूचना जारी गर्दै नयाँ ट्रफी डिजाइनका लागि आवेदन खुला गरेको जनाएको हो । 

एन्फाको यस वर्षको क्यालेन्डरअनुसार, शीर्ष डिभिजन लिग आगामी पुसदेखि जेठ ३१ गतेसम्म हुने तालिका छ । 

एन्फाका अनुसार, ट्रफीमा १० किलो चाँदी प्रयोग गर्नुपर्नेछ । एन्फाले उत्कृष्ट ट्रफी डिजाइन गर्नेलाई ५० हजार रुपैयाँ प्रदान गर्नेछ । डिजाइन बुझाउने अन्तिम मिति भदौ १५ गते (अगष्ट ३०, २०२५) तोकिएको छ । 

त्यसैगरी ट्रफीमा राष्ट्रिय गौरव र पहिचान झल्कनेगरी हुनुपर्ने एन्फाको भनाइ छ । एन्फाका अनुसार, ट्रफी विशिष्ट, भव्य र लिगको गौरवपूर्ण इतिहास झल्काउने किसिमको हुनुपर्नेछ । 

डिजाइनरहरूले ट्रफीको डिजाइन स्केच वा थ्रीडी मोडेल, पीडीएफ र एआई वा थ्रीडी फाइलमा बुझाउनुपर्ने जनाइएको छ । 

 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १७:२७
प्रतिक्रिया दिनुहोस्