site stats
बाह्रखरी :: Baahrakhari
देश
एसईईमा धनपालथानका दुई विद्यालयबाट एक/एक विद्यार्थी मात्र ‘ग्रेडेड’

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा निराशाजनक नतिजा आएको छ । पालिकाका दुई सामुदायिक विद्यालयबाट एक/एक विद्यार्थी मात्र ‘ग्रेडेड’ भएका हुन् ।

यो गाउँपालिकाका सामुदायिक विद्यालयबाट कुल ३५९ विद्यार्थी एसईईमा सहभागी थिए । उनीहरूमध्ये ८९ जना (करिब २५ प्रतिशत) मात्र ‘ग्रेडेड’ भएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

धनपालथान–३ मा स्थित शिवशक्ति माध्यमिक विद्यालयबाट एक विद्यार्थी मात्र सफल भए । धनपालथान–४ स्थित शारदा माध्यमिक विद्यालयबाट पनि एक विद्यार्थी मात्र सफल भएका हुन् ।

गाउँपालिकामा सात सामुदायिक विद्यालय छन् । अधिकांशको नतिजा कमजोर देखिएको छ ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १२:१८
प्रतिक्रिया दिनुहोस्