site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गेमिङका लागि इन्फिनिक्सले ल्यायो ‘जीटी ३० प्रो’, मूल्य ४८ हजार

काठमाडौं । इन्फिनिक्स नेपालले गेमिङलक्षित स्मार्टफोन ‘जीटी ३० प्रो’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ४७ हजार ९९९ रुपैयाँमा गोमिङका लागि उपयोगी फोन सार्वजनिक गरेको हो ।

‘जीटी ३० प्रो’ सार्वजनिक इस्पोर्ट्स कार्यक्रम असार ७ गते पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) ‘सीएसए स्प्रिङ फाइनल्स अफलाइन वाच’मा गरिएको थियो । कार्यक्रममा पब्जी मोबाइलका शीर्ष खेलाडी, स्ट्रिमर र गेमरको बीचमा ‘जीटी ३० प्रो केवल गेमरका लागि होइन, गेमरहरूले बनाएको फोन हो’ नारासहित सार्वजनिक गरिएको हो ।

कम्पनीले ‘जीटी २० प्रो’को सफलतापछि ‘जीटी ३० प्रो’ले सफलतालाई अझै उचाइमा पुर्‍याउने विश्वास गरेको छ । गेमरहरूबीच चर्चित बनेको जीटी सिरिज अब थप सशक्त बन्दै गएको कम्पनीको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘जीटी २० प्रो’बाट स्थापित लोकप्रियतालाई अब ‘जीटी ३० प्रो’ले अर्को स्तरमा पुर्‍याउँदै इन्फिनिक्सले नेपालमा इस्पोर्ट्स–रेडी स्मार्टफोनको नेतृत्व गर्ने कम्पनीको दाबी छ ।

कस्तो छ ‘जीटी ३० प्रो’ ?
‘जीटी ३० प्रो’ गेमरहरूका लागि बनाइएको फोन हो । यसमा रहेको डायमेन्सिटी ८३५० अल्टिमेट (५.५जी) प्रोसेसर निकै शक्तिशाली रहेको छ ।

१६ जीबी र्‍याम (८+८ जीबी विस्तारयोग्य) र २५६ जीबी स्टोरेजले मल्टिटास्किङ सजिलो बनाउँछ ।

जीटी ट्रिगरहरूका कारण प्रयोगकर्ताले कन्सोलजस्तै कन्ट्रोल महसुस गर्न सक्नेछन् । प्रोजस्तै खेल्ने र निन्जाजस्तै स्वाइप गर्ने सुविधा पनि यसमा उपलब्ध छ ।

१४४ हर्ज १.५के एमोलेड डिस्प्लेले आँखालाई आराम दिनेछ भने गेमिङको अनुभवलाई थप आक्रामक बनाउनेछ ।

पाँच हजार एमएएच ब्याट्री, ४५ वाट फास्ट चार्जिङ र ३० वाट वायरलेस चार्जिङ सुविधा भएको फोन 'सधैँ चार्ज, सधैँ तयार' रहने स्मार्टफोनको उपमा कम्पनीले दिएको छ ।

१०८ मेगापिक्सेल रियर र १३ मेगापिक्सेल फ्रन्ट क्यामेराले हरेक तस्बिर हेडसटजस्तै स्पष्ट र शक्तिशाली बनाउने कम्पनीको दाबी छ ।

मेकानिकल लाइट वेभ डिजाइनले फोनलाई हेर्दा चम्किलो र चलाउँदा उत्कृष्ट बनाउँछ । आधुनिकता र सौन्दर्य दुवै समेटिएको यो डिजाइन नयाँ पुस्ताका लागि आकर्षण रहेको कम्पनीले जनाएको छ ।

जीटी ३० प्रो स्याडो एस, ब्लेड ह्वाइट र डार्क फ्लेयर रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १७:१५
प्रतिक्रिया दिनुहोस्