site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गौर हत्याकाण्डको मुद्दा चलाउन सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले रौतहटको गौर हत्याकाण्डको मुद्दा चलाउन परमादेश जारी गरेको छ । सोमबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले गौर हत्याकाण्डको मुद्दालाई ब्युँत्याइदिएको हो ।

त्रिभुवन साहसहितले गौर हत्याकाण्डमा मुद्दा चलाउने बाटो खोलिदिन माग गरे रिट निवेदन दायर गरेका थिए ।

०६३ चैत ७ गते रौतहटको गौरस्थित राइस मिलको चौरमा भएको आक्रमणमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए । यस्तै, सयभन्दा बढी घाइते भएका थिए ।

मधेसी जनअधिकार फोरम र माओवादीको मधेसी मुक्ति मोर्चाको कार्यक्रममा झडप भएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १७:४२
प्रतिक्रिया दिनुहोस्