site stats
बाह्रखरी :: Baahrakhari
खेल
पुलिस र न्यु डायमन्ड सेमिफाइनलमा

काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । 

पोखरा रंगशालास्थित कभर्डहलमा बुधबार समूह चरणको दोस्रो खेलमा सहज जित निकाल्दै दुवै टिमले समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पुलिसले स्टेप रामपुरलाई ३–० को सेटमा हरायो । एकतर्फी जित निकाल्ने क्रममा पुलिसले रामपुरलाई २५–७, २५–९ र २५–९ को सेटमा हरायो । न्यु डायमन्डले समेत सहज जित निकाल्ने क्रममा गण्डकीलाई २५–८, २५–१० र २५–१२ को सेटमा हरायो ।

समूह चरणका सुरुआती दुई खेलमा शतप्रतिशत जित निकाल्दै पुलिस र न्यु डायमन्डले सेमिफाइनलमा सहज स्थान बनाएका हुन् ।

नेश्नल स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ, उपविजेताले तीन लाख रुपैयाँ र तेस्रो हुने टिमले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष दिपक कोइरालाले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  २२:२७
प्रतिक्रिया दिनुहोस्