
काठमाडौं । नेपाली बजारमा इलेक्ट्रिक गाडीप्रतिको चासो तीव्र रूपमा बढ्दो छ । यसै सन्दर्भमा एमजी गाडीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नयाँ संस्करणको कमेट ईभी सार्वजनिक गरेको छ । सहरी जीवनशैलीलाई ध्यानमा राख्दै प्रस्तुत गरिएको यो स्मार्ट र स्टाइलिस सवारीसाधनले प्रविधि, डिजाइन, दिगोपन र सुरक्षाको उत्कृष्ट संयोजन प्रस्तुत गरेको छ ।
कमेट ईभीको डिजाइन एमजीको बिको (बिको– भित्र फराकिलो, बाहिर कम्प्याक्ट) दर्शनमा आधारित छ । चार सिट क्षमताको यो कम्प्याक्ट इलेक्ट्रिक गाडी सानो देखिए तापनि भित्रको स्पेस पर्याप्त फराकिलो छ । पछाडिका सिटहरू ५०ः५० अनुपातमा स्प्लिट हुने भएकाले दैनिक सहरी यात्रा, स–साना पारिवारिक घुमघाम तथा छोटो दूरीका यात्रालाई झन् सहज बनाएको कम्पनीको दाबी छ ।
कमेट ईभीमा अब थप स्मार्ट फिचरहरू समावेश गरिएका छन् । पार्किङ सहज बनाउनका लागि रियर पार्किङ क्यामेरा जडान गरिएको छ, जसले विशेषगरी साँघुरा सहरी सडकमा गाडी पार्क गर्न सजिलो बनाउँछ । सात किलोवाट क्षमताको फास्ट चार्जिङ प्रविधिले गाडीलाई ० देखि १०० प्रतिशतसम्म जम्मा ३.५ घण्टामै चार्ज गर्न सकिने कम्पनीको दाबी छ । यस्तै, पावर फोल्डेबल साइड मिरर जडान गरेर स्टाइल र स्पेस दुवैमा ध्यान दिइएको छ, जसले प्रयोगमा थप सुविधा दिन्छ ।
ब्याट्री पक्षमा कमेट ईभीमा १७.३ किलोवाट क्षमताको लिथियम आइअन प्रिज्मेटिक सेलयुक्त ब्याट्री राखिएको छ, जसले एकपटक चार्ज गर्दा २३० किलोमिटरसम्मको एआरएआई प्रमाणित रेन्ज दिन्छ । यो ब्याट्री आईपी–६७ रेटिङसहितको हो, जसले धुलो र पानीबाट पूर्ण सुरक्षा प्रदान गर्छ । थप रूपमा, यस ब्याट्रीले ३९ वटा सुरक्षा परीक्षणहरू सफलतापूर्वक पास गरेको कम्पनीले जनाएको छ ।
प्रविधिमा समेत कमेट ईभीले आफूलाई एक कदमअगाडि राखेको छ । यसमा १०.२५ इन्चको डुअल स्क्रिन समावेश गरिएको छ, जसमा इन्फोटेन्मेन्ट टचस्क्रिन र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दुवै समावेश छन् । स्मार्ट की सुविधा जडान गरिएकाले गाडीको प्रयोग प्रक्रियालाई अझ सहज र प्रयोगकर्तामैत्री बनाएको छ ।
यात्रु सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै कमेट ईभीमा डुअल फ्रन्ट एअरब्याग, एबीएस र ईबीडी, ३–पोइन्ट सिटबेल्ट (अगाडि र पछाडि), रियर पार्किङ क्यामेरा र सेन्सर, टायर प्रेसर मनिटरिङ सिस्टमजस्ता महत्त्वपूर्ण सुरक्षा फिचर समावेश गरिएको छ । साथै, गाडीको संरचनामा १७ वटा हट–स्ट्याम्पिङ प्यानलहरू प्रयोग गरिएका छन्, जसले दुर्घटनाको अवस्थामा यात्रुहरूलाई थप सुरक्षा प्रदान गर्छ ।
सेवा र ग्यारेन्टी पक्षमा, कमेट इभीमा आठ वर्ष वा एक लाख २० किलोमिटरसम्मको ब्याट्री वारेन्टी दिइएको छ । हाई–भोल्टेज कम्पोनेन्टमा तीन वर्ष वा एक लाख किलोमिटरसम्मको वारेन्टी प्रदान गरिएको छ ।