
काठमाडौं । अस्ट्रियाको ग्राट्ज सहरको एक विद्यालयमा भएको गोलीकाण्डमा एक २१ वर्षीय संदिग्ध छात्रको हात रहेको त्यहाँको प्रहरीले जनाएको छ ।
अस्ट्रियाका गृहमन्त्री गेरहार्ड कार्नरले संदिग्ध व्यक्ति विद्यालयको पूर्वविद्यार्थी भएको बताए । प्रहरीले आक्रमणमा दुई बन्दुक प्रयोग गरिएको बताएको छ । दुईमध्ये एउटा लामो बन्दुक र एउटा ह्यान्डगन रहेको बताइएको छ ।
यस घटनामा संदिग्धसहित १० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । संदिग्धले आक्रमणकारीले विद्यालयकै शौचालयमा गएरआत्महत्या गरेको अधिकारीहरूले बताएका छन् ।
अझैसम्म उक्त आक्रमणको कारण खुल्न सकेको छैन । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।
अस्ट्रियाका गृहमन्त्री गेरहार्ड कार्नरले यस आक्रमणमा १२ जना घाइते भएको बताए । मृत्यु भएका र घाइतेको संख्याबारे यसअघि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा फरक–फरक समाचार आएका थिए ।
अस्ट्रियाका चान्सलर क्रिश्चियन स्टकरले यस घटनापछि अस्ट्रियामा तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् ।