site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
संसद् गम्भीर र जनसरोकारका मुद्दामा केन्द्रित भएन : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले संसद् गम्भीर र जनसरोकारका मुद्दामा केन्द्रित नभएको बताएका छन् । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद भण्डारीले संसद् मुलुक र जनताको मुद्दाभन्दा अन्य कुरामा झगडा गर्नमा सीमित रहेको बताए ।

उनले जनताका मुद्दाबाट विमुख भएकै कारण नेपालको राजनीतिक संस्कार नै अनैतिक जस्तो भएको टिप्पणी गरे । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि आरोप लगाउँदैमा राजीनामा दिन नहुने उल्लेख गरे । 

Argakhachi Cement Island Ad

"हामीले कस्ता कुरा संसद्‌मा उठाउने, कस्ता कुरालाई महत्त्व दिने भन्ने कुरा नै हामीसँग भएन । हाम्रो संसद् त मुलुकको र जनताको विषयभन्दा उरान्ठेउला कुरामा झगडा गर्नमा सीमित रह्यो । त्यसकारण नेपालको राजनीतिक संस्कार नै अनैतिक जस्तो भयो भन्ने कुरा मलाई लाग्छ," उनले भने । 

संसद्को गरिमा जोगाउन सबै दल जिम्मेवार बन्नुपर्नेमा डा. भण्डारीको जोड छ ।

 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्