देश

काठमाडौं । बेनी–दरवाङ सडकखण्ड अवरुद्ध भएको छ । पहिरो खसेर सडक पुरेपछि सयौँ सवारी साधन अलपत्र परेका छन् ।
म्याग्दीको बेनी नगरपालिका–४ घुमाउने भिरस्थित बेनी–दरवाङ सडकमा माथिबाट पहिरो खसेको प्रहरीले जनाएको छ ।
बिहान ५ः५० बजे खसेको पहिरो हटाएर सडक खुलाउने पहल भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: सोमबार, असार २३, २०८२ ०७:४६
प्रतिक्रिया दिनुहोस्