राजनीति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार अपराह्न राप्रपा नेपालका अध्यक्ष कमल थापासहितलाई भेट्न पुगेका सिंहलाई सोधपुछका लागि भनेर प्रहरीले नियन्त्रणमा लिइएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
"उहाँलाई सोधपुछका लागि भनेर भित्र राखिएको छ," उनले भने ।
अध्यक्ष थापासहितलाई प्रहरीले जिल्ला परिसर काठमाडौंमा राखेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२ १८:०६
प्रतिक्रिया दिनुहोस्