राजनीति

काठमाडौं । प्रधानमन्त्री निवास समेत रहेको बालुवाटार क्षेत्रमा प्रवेश गर्न खोजेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । स्थानीय प्रशासनले बालुवाटारलाई पनि निषेधित क्षेत्र घोषणा गरेको छ ।
आइतबार (जेठ १८) दिउँसो नक्सालस्थित नारायणचौरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए । “आजको आन्दोलनस्थलबाट उहाँहरू बालुवाटारतर्फ ‘मुभ’ हुन खोज्नुभयो । त्यसैले कमल थापासहित ६ जनालाई नियन्त्रणमा लिएका छौँ,” उनले बाह्रखरीसित भने ।
उनका अनुसार, नारायणचौरमा राजावादीको प्रदर्शन जारी छ ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२ १५:४७
प्रतिक्रिया दिनुहोस्