site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मधेस प्रदेशसभाको पाँचौँ अधिवेशन जेठ २१ देखि
Argakhachi Cement Island Ad

काठमाडौं । मधेस प्रदेशसभाको पाँचौँ अधिवेशन यही जेठ २१ गतेदेखि हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयले बुधबार जारी गरेका विज्ञप्तिअनुसार जेठ २१ गते बुधबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ ।

जेठ ११ गते बसेको प्रदेश सरकारको बैठकको निर्णय अनुसार प्रदेशसभाको अधिवेशन आह्वान गरिएको हो ।

नेपालको संविधानको धारा १८३ को उपधारा ९१० अनुसार अधिवेशन आह्वान गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । “प्रदेश प्रमुखबाट प्रदेश सरकार (मन्त्रिपरिषद्) को जेठ ११ गतेको बैठकबाट प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गर्ने निर्णयानुसार सिफारिस भई आए बमोजिम नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम विसं जेठ २१ गते बुधबार दिउँसो १ बजेदेखि लागु हुने गरी मधेस प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  २२:२८
प्रतिक्रिया दिनुहोस्