site stats
बाह्रखरी :: Baahrakhari
देश
संखुवासभामा आमा–छोरी मृत फेला
प्रतीकात्मक तस्बिर ।

किमाथांका (संखुवासभा) । संखुवासभाको चैनपुर नगरपालिका–११, लुहाकोटमा आमा–छोरी मृत भेटिएका छन् ।

बुधबार दिउँसो करिब १ बजे सोही स्थान बस्ने कृष्णप्रसाद त्रितालकी श्रीमती वर्ष ४२ की सीता खनाल त्रिताल आफ्नै घरको सुत्ने कोठाभित्र ७२ दिनकी शिशुसहित मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

Argakhachi Cement Island Ad

घटनाको कारण खुल्न नसकेको प्रनाउ बस्नेतले बताए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  २१:१८
प्रतिक्रिया दिनुहोस्