site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अफताब आलम कारागारबाट छुटे
Argakhachi Cement Island Ad

काठमाडौं । अदालतबाट सफाइ पाएसँगै पूर्वमन्त्री अफताब आलम कारागारबाट छुटेका छन् । उनले बुधबार उच्च अदालत जनकपुरको वीरगन्ज इजलासबाट सफाइ पाएका हुन् । उनी ललितपुरस्थित नख्खु कारागारमा थिए ।

कांग्रेसका पूर्वसांसदसमेत रहेका आलमलाई न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले सफाइ दिएको उच्च अदालत जनकुरको अस्थायी इजलास वीरगन्जका रजिस्ट्रार दीपक भण्डारीले जानकारी दिए ।

इजलासले आलमको घरमा ०६४ चैत २७ मा बम विस्फोटको प्रमाण पुष्टि हुन नसकेको ठहर गरेको छ । यस्तै, घाइते भएका भनिएका पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओशी अख्तरलाई ट्याक्टरमा हाली इँट्टाभट्टामा जलाइएको पनि प्रमाणबाट पुष्टि गर्न वादी पक्षले नसकेको इजलासको ठहर छ ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  २०:५२
प्रतिक्रिया दिनुहोस्