site stats
बाह्रखरी :: Baahrakhari
देश
बर्दिवासबाट एक सय ५६ किलो गाँजासहित दुईजना पक्राउ

काठमाडौं । इलाका प्रहरी कार्यालय बर्दिवासको टोलीले एक सय ५६ किलो लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । बर्दिवास नगरपालिका–१ शुभ स्वस्तिक हस्पिटलअगाडिबाट अवैध लागुऔषध गाँजा करिब एक सय ५६ किलो ५५ ग्रामसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सर्लाही हरिवन नगरपालिका–५ घुर्कोली बस्ने ३५ वर्षीय लालबाबु साह र सोही नगरपालिका–३ बुद्धचोक बस्ने २१ वर्षीय अभिषेक परियार छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इलाका प्रहरी कार्यालय बर्दिवास र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले परियारसहित चढेको बा११च ३४९४ नम्बरको स्कारपियोलाई जाँच गर्ने क्रममा स्कारपियोमा लुकाई–छिपाई राखेको ३० वटा पोकामा रहेको गाँजा फेला पारेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख डीएसपी विकास बमले जानकारी दिए । 

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १३:१४
प्रतिक्रिया दिनुहोस्