site stats
बाह्रखरी :: Baahrakhari
खेल
यमल र बार्सिलोनाबीचको सम्झौता नवीकरण

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले युवा फरवार्ड लामिन यमलसँगको सम्झौता नवीकरण गरेको छ । बार्सिलोनाले १७ वर्षीय फरवार्डसँगको सम्झौता ६ वर्ष थप्ने निर्णय गरेको हो । नयाँ सम्झौतानुसार, यमल सन् २०३१ सम्म स्पेनिस क्लबमा रहनेछन् ।

यमलले सन् २०२३ मा १५ वर्षको उमेरमा बार्सिलोनाबाट डेब्यू गरेका थिए । उनले यो सिजन हेन्सी फ्लिकको प्रशिक्षणमा ला लिगा, स्पेनिस सुपर कप र कोपा डेल रेको उपाधि जित्दा ५५ खेलमा १८ गोल र २५ असिस्ट गरेका छन् ।

Argakhachi Cement Island Ad

बार्सिलोनाका अनुसार, यमलले मंगलबार क्लबका अध्यक्ष योहान लापोर्टा र निर्देशक डेकोको उपस्थितिमा नयाँ सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यमलले क्लबबाट हालसम्म ११५ खेल खेल्दा २५ गोल गरेका छन् । उनी बार्सिलोनाबाट सबैभन्दा कम उमेरमा १०० क्याप जित्ने खेलाडीसमेत हुन् ।
 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्