site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई राखेपको शुभकामना

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले मंगलबार (जेठ १३) नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को नवनिर्वाचित पदाधिकारी र सदस्यलाई बधाई एवं शुभकामना दिएको छ । राखेपका सदस्यसचिव टंकलाल घिसिङले आफ्नो कार्यकक्षमा साक्षात्कारसँगै नवनिर्वाचित टिमको कार्यकाल सफलताको कामना गरे ।

गएको वैशाखमा एनएसजेएफको २०औँ साधारणसभा एवं निर्वाचनबाट निरञ्जन अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको थियो । कार्यसमितिले प्रजित शाक्य, नवीन लुइँटेल र अनन्त वाग्लेलाई सदस्यमा मनोनयन गरेको थियो । शाक्यलाई एनएसजेएफ प्रवक्ताको जिम्मेवारी पनि दिइएको छ ।

Argakhachi Cement Island Ad

सदस्यसचिव घिसिङले खेलकुद पत्रकार मञ्चसँग मिलेर राखेप ‘कन्क्लेभ’को आयोजना गर्न इच्छुक रहेको बताए । नेपाली खेलकुदसम्बन्धी अनुसन्धानका निम्ति एनएसजेएफ एकेडेमीसँग मिलेर काम गर्न तयार रहेको उनले उल्लेख गरे । उनले एनएसजेएफले गर्ने पल्सर स्पोट्र्स अवार्डको प्रशंसा पनि गरे ।

नवनिर्वाचित अध्यक्ष अधिकारीले राखेपले खेलकुद पत्रकार मञ्चको यात्रामा सधैँ सहकार्य गर्दै आएको भन्दै यी दुई संस्थाबीचको सम्बन्ध अझ सुमधुर हुने विश्वास व्यक्त गरे । उनले आउँदा दिनमा पनि नेपाली खेलकुदको विकासमा यी दुई संस्थाबीच सधैँ रचनात्मक र सिर्जनात्मक सहकार्य हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  २२:४०
प्रतिक्रिया दिनुहोस्