site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
असार १५ अघि नै विद्यालय शिक्षा ऐन जारी गर्ने तयारीमा छौँ : मन्त्री पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकसँग गरिएको सहमतिका आधारमा असार १५ गतेअघि नै विद्यालय शिक्षा ऐन जारी गर्ने तयारीमा रहेको बताएका छन् ।

मंगलबार (जेठ १३) संसद् भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीसित उनले आउँदो असार १५ भित्र नयाँ विद्यालय शिक्षा ऐन जारी गर्ने सहमतिअनुसार आफूहरू अघि बढेको बताए ।

Argakhachi Cement Island Ad

विद्यालय शिक्षा विधेयकमा समेट्न सकिने विषयका बारेमा आफूहरू शिक्षक महासंघका पदाधिकारीसँग निरन्तर वार्तामा रहेको उनले जानकारी गराए ।

गएको आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक अघि बढाउन मन्त्री पन्तले एक साताको समय माग गरेका थिए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १८:०७
प्रतिक्रिया दिनुहोस्