site stats
बाह्रखरी :: Baahrakhari
खेल
विश्व नम्बर एक सिनर दोस्रो चरणमा प्रवेश

काठमाडौं । विश्व नम्बर एक यानिक सिनर फ्रेन्च ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन् । 

सिनरले सोमबार फ्रान्सको पेरिसस्थित कोर्ट फिलिपे कार्टिएरमा सम्पन्न पहिलो चरणको खेलमा फ्रान्सकै अर्थर रिन्डरनिचविरुद्ध ३–० को सोझो सेटमा जित निकालेका हुन् । 

Argakhachi Cement Island Ad

दुई घण्टा १५ मिनेटसम्म चलेको खेलमा सिनरले वरीयताको ७५औँ स्थानमा रहेका रिन्डरनिचविरुद्धको पहिलो सेट ६–४ ले जितेका थिए । त्यसपछिका दोस्रो र तेस्रो सेट पनि सिनरले ६–३ ७–५ ले आफ्नो पक्षमा पारे । 

सिनरले अब दोस्रो चरणमा फ्रान्सकै रिचार्ड गासक्वेटविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ ।

इटालीका सिनर पछिल्लो समय विश्व वरीयताको शीर्ष स्थानमा छन् । २३ वर्षीय सिनरले सन् २०१९ देखि ग्रान्डस्लाममा प्रतिस्पर्धा गर्न सुरु गरेका थिए । उनले हालसम्म तीनपटक ग्रान्डस्लामको उपाधि जितेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १२:२५
प्रतिक्रिया दिनुहोस्