site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशताको सुरुवात : डा. शेखर

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विषयमा चर्चा नभएर आफ्नो विषयमा भएको सुन्दा खुसी लागेको बताएका छन् ।

विराटनगरमा मंगलबार आयोजना गरिएको एक कार्यक्रममा बोल्दै कोइरालाले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति निरंकुशताको सुरुवात भएको बताए ।
 
प्रधानमन्त्रीले जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ भनेर अभिव्यक्ति दिएका थिए । कांग्रेस बैठकमा यसबारे चर्चा समेत नभएको आफूबारे मात्रै छलफल भएको उनले बताए । 

Argakhachi Cement Island Ad

“मैले सोचेको थिएँ– कांग्रेसको बैठकमा प्रधानमन्त्रीको बोलीबारे छलफल हुन्छ, तर मेरोबारे छलफल भएछ । मलाई खुसी लाग्यो,” कोइरालाले पार्टी के गर्दै छ भन्ने देखिएको बताए ।

कोइरालाले केही दिनअघि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताएका थिए । छानबिन सहज गर्न र नैतिकता देखाउन उनले आग्रह गरेका थिए । 

त्यस विषयमा पदाधिकारी बैठकमा कुरा उठेको थियो । कतिपय नेताले अनुशासनको कारबाही गर्नुपर्ने आवाज उठाएका थिए । 

कोइरालाले लोकतन्त्रमा बोल्ने र आफ्नो अधिकारबारे कुरा गर्ने सबैको अधिकार भएको सुनाए ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्