-1743152513-1745120116.jpg)
काठमाडौं । पत्रकार सुरेश रजकको ज्यान जानेगरी तीनकुनेमा एक व्यक्तिको घरमा आगजनी भएको थियो । ‘एनी टाइम फोर्स’ (एटीएफ)का प्रवक्ता समेत रहेका रामेछापका सरोज गौतमले सो आगजनीमा आफ्नो संलग्नता स्वीकार गरेका छन् । गौतमले आगजनी गरेको स्वीकार गरे पनि प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंको निर्देशन भने नभएको बयान दिएका छन् ।
उनले बयानमा भनेका छन्, ‘‘घरमा आगजनी मलगायत गोकर्ण शाही, हेमराज थारू, डण्डपाणि रेग्मी, सतीश न्यौपाने र सुदर्शन थापालगायतले गरेका हौँ । यसमा दुर्गा प्रसाईंको निर्देशन र भूमिका होइन ।”
उनले आगो लगाउने मुख्य व्यक्ति नै सुदर्शन थापा भएको बताएका छन् । “हामी पुग्नुअघि नै उनले आगो लगाएका थिए । हामीलाई समेत आगो लगाउन उक्साउने व्यक्ति नै थापा हुन्,” उनले भनेका छन्, “हामीले आगो लगाउँदै गरेको भिडियो र फोटो समेत खिच्ने थापा हुन् ।’’
प्रहरीले तीनकुनेको घरमा आजगनी गर्ने भिडियो सार्वजनिक भएपछि एटीएफका गौतमसहित गोकर्ण शाहीसमेतलाई पक्राउ गरेको थियो ।
सोही घरमा लागेको आगोमा फसेर रजकको ज्यान गएको हो । एटीएफका संयोजक भने धादिङका सन्तोषकुमार सिलवाल उर्फ सन्तोष राजावादी हुन् ।