site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीलाई गगन थापाले भने– आइन्दा यस्तो नदोहोरियोस्
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई उत्तेजक बनाउने अभिव्यक्ति दिन नहुने बताएका छन् । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा थापाले प्रधानमन्त्रीलाई आगामी दिनमा उत्तेजक अभिव्यक्ति नदिन आग्रह गरे ।

"हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्ने कुरा कल्पना पनि गरिँदैन । त्यसैले यो जे जस्ता कुराहरू बाहिर सुनियो, त्यस्ता कुराहरू बाहिर आइन्दा नदोहोरियोस्," थापाले भने ।

Argakhachi Cement Island Ad

प्रधानमन्त्री ओलीले शनिबार गोदावरीमा आयोजित नेकपा (एमाले) वाग्मती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा जेठ १५ गते काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न दिर्नेशन दिएका थिए ।

 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १२:५६
प्रतिक्रिया दिनुहोस्