राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक डाकेको छ । पार्टी संसदीय दललका उपनेता विराजभक्त श्रेष्ठले आज अपराह्न ४ बजेका लागि बैठक बोलाएका हुन् ।
‘भिजिट भिसा अनियमितता’ विवादमा गृहमन्त्रीको नाम जोडिएपछि संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न रास्वपाले बैठक बोलाएको हो ।
रास्वपाले आइतबार केन्द्रीय समिति बैठकबाट मंगलबारको संसद् बैठक सामान्य नहुने बताइसकेको छ । रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अरुद्ध गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२ १२:३४
प्रतिक्रिया दिनुहोस्