site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरीको असइ हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको असइ हुँ भन्दै ठगी गरेको अभियोगमा कैलालीबाट एकजना पक्राउ परेका छन् । 

नेपाल प्रहरीको कैलाली ब्युरोबाट खटिएको भन्दै ठगीमा संलग्न धनगढी उपमहानगरपालिका–५ शिवनगर बस्ने २६ वर्षीय निराजन थापालाई प्रहरीले पक्राउ गरेको हो । 

Argakhachi Cement Island Ad

धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित धामी होटलका सञ्चालकलाई विगत २–३ दिनदेखि पटक–पटक रकम मागेको सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरीले थापालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ०९:१३
प्रतिक्रिया दिनुहोस्