देश

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट एकजना थुनुवा भागेका छन् । फरार हुनेमा २४ वर्षीय निशान परियार छन् ।
परिसरमा एसपी अपिल बोहराले परिसरको कार्यालय रहेको भद्रकाली पुग्नैलाग्दा उनी गेटनजिकबाट भागेको जानकारी दिए ।
"उनलाई जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर ल्याइँदै थियो, गेट नजिकैबाट भागे," उनले भने ।
उनको खोजी तीव्र पारिएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२ १४:१९
प्रतिक्रिया दिनुहोस्