site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । गणपूरक संख्या नपुगेपछि मंगलबारको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न गणपूरक संख्या अपुग भएको हो । 

सभामुख देवराज घिमिरेले प्रस्ताव निर्णयार्थ पेस गर्दा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले गणपूरक संख्या एकीन गर्न माग गरे । संविधानको धारा ९४ अनुसार, कुनै पनि प्रश्न वा प्रस्ताव पेस गर्न एकचौथाइ उपस्थित हुनुपर्ने व्यवस्था छ । 

सोहीअनुसार ३ मिनेट घण्टी बजाएर गणपूरक संख्या एकीन भएको हो । प्रस्ताव पेस गर्दा गणपूरक संख्या ६९ हुनुपर्नेमा ६५ रहेकाले सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्