site stats
बाह्रखरी :: Baahrakhari
देश
लागुऔषध ट्रामाडोल र डाइसेसहित दुईजना पक्राउ

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ शिखर चोकबाट लागुऔषधसहित सोमबार दुईजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा शनिश्चरे–२ बस्ने २३ वर्षीय राहुल गुरुङ र २७ वर्षीय समीर राई छन् । उनीहरूलाई ट्रामाडोल ९० ट्याब्लेट र डाइसे ६० ट्याब्लेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  ०९:२७
प्रतिक्रिया दिनुहोस्