site stats
बाह्रखरी :: Baahrakhari
देश
कारखाना नै सञ्चालन गरेर नक्कली कागजात बनाउने गिरोह पक्राउ

काठमाडौं । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न सरकारी संस्थाको कीर्ते कागजात बनाउने कारखानामा छापा मारेको छ ।

तारकेश्वर नगरपालिका–७ फुटुङमा कार्यालयन नै खडा गरेर सरकारी कागजात बनाउने गरेको सूचनाका आधारमा कार्यालयको टोलीले छापा मारेको हो ।

नक्कली कागजात बनाउने कारखानाबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको भीमसेनथापा गाउँपालिका–१ की ४६ वर्षीय अन्जनी बयलकोटी, मकवानपुरको कैलाश गाउँपालिका–२ की २३ वर्षीया अन्जु खत्री र ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ का २८ वर्षीय निर्मल खड्का छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार कारखानाबाट विभिन्न सरकारी कागजात शैक्षिक प्रमाणपत्र, स्थानीय तहका कागजात, बैंक तथा वित्तीय संस्थाका कागजातसमेत बरामद गरिएको छ ।

उनीहरूले विगत आठ वर्षदेखि नक्कली कागजात बनाउँदै आएको खुलेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्