site stats
बाह्रखरी :: Baahrakhari
देश
अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

वीरगन्ज । अत्यधिक गर्मीका कारण वीरगन्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ । 

वीरगन्ज महानगरको निर्णयअनुसार आजदेखि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानी सत्रमा पठनपाठन सुरु भएको हो । अर्को सूचना जारी नभएसम्म बिहान समयमा ६ बजेदेखि अध्यापन हुनेछ । 

महानगरपालिकाका अनुसार वीरगन्ज नगर क्षेत्रमा  ९२ सामुदायिक र १३८ वटा निजी विद्यालय छन् भने सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय छ ।रासस

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ११:१९
प्रतिक्रिया दिनुहोस्