site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्वतमा युवा संघका दुई गुटबीच कुटाकुट, एमाले गण्डकी प्रदेश सदस्य पौडेल अस्पताल भर्ना

पोखरा । पर्वतमा युवा संघका दुई गुटबीचको विवाद कुटपिटमा पुगेको छ । नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघ पर्वतमा एमालेका दुई गुट छन् । एउटा समूहलाई राष्ट्रियसभाका पूर्वाध्यक्ष गणेश तिमिल्सिनासहित पूर्वप्रदेश सांसद विकास लम्सालसहितले चलाउँछन् । अर्को समूहलाई एमाले संस्थापन र प्रतिनिधिसभा सदस्य पदम गिरीको समर्थन छ ।

यी दुई समूहको विवाद हात हालाहालको अवस्थामा पुगेको हो । एमाले स्रोतका अनुसार, तिमिल्सिनानिकट एमाले गण्डकी सदस्य अर्जुन पौडेल घाइते भएका छन् । उनको टाउको रक्ताम्य बनेको छ । उनलाई उपचारका लागि पर्वत अस्पताल भर्ना गरिएको छ ।

युवा संघ पर्वतको नवौँ जिल्ला अधिवेशनको मिति बुधबारलाई तोकिएको थियो । तर, वर्तमान कार्यसमितिका अध्यक्ष विनोद थापा र सचिव प्रकाश थकालीले वैशाख महिनामा अधिवेशन गर्न नसकिने भएकाले जेठमा सार्न आग्रह गरेका थिए ।

अध्यक्ष थापा र सचिव थकालीले जेठ ९ देखि ११ गतेसम्म प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट गर्नेलगायतका कामहरू नसकिएकाले केही समय सार्नुपर्ने बताएका थिए । 

अध्यक्ष र सचिवले आगामी नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा पार्टीले जबरजस्ती २४ गते अधिवेशन गरे त्यसको प्रतिवाद गर्ने बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १४:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro