विदेश

काठमाडौं । रुसले भारत–पाकिस्तानबीच बढ्दो टकराबप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । रुसले दुवै देशलाई संयमता अपनाउन आह्वान गरेको छ ।
पाकिस्तानी भूमिमा गए राति भारतले हवाई आक्रमण गरेपछि रुसको विदेश मन्त्रालयले प्रतिक्रिया जनाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
रुसको भारत र पाकिस्तान दुवैसँग राम्रो सम्बन्ध छ । रुसको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सबै प्रकारका आतंकवादको निन्दा गरिएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२ १२:३०
प्रतिक्रिया दिनुहोस्