site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दलैपिच्छेको कर्मचारी संगठनले सुशासनमा बाधा : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दलैपिच्छेको संगठन बनाउने कुराले सुशासन कायम गर्न बाधा भइरहेको बताएका छन् । 

नेपाल पत्रकार महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘विश्वसनीय पत्रकारिताका लागि सूचनाको हकको प्रयोग’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले कर्मचारीतन्त्रमा दलैपिच्छेको संगठन बनाउने अधिकार हुन नहुने समेत बताए । 

अहिले कर्मचारी संगठनका कारण एउटा मन्त्रीले मेरिटोक्रेसीमा विश्वास गरेर काम गर्ने वातावरण नभएको उनले बताए । मन्त्री गुरुङले कर्मचारीलाई स्थायी सरकार भने पनि जसको नेतृत्वमा सरकार बन्छ, उसैनिकट कर्मचारी संगठनको शासन चल्ने गरेको जिकिर गरे । 

मन्त्री गुरुङले राजावादीको गतिविधि मुलुकको व्यवस्था र संविधानविपरीत भएकाले त्यस घटनामा संलग्न भई ज्यान गुमाएका सविन महर्जनलाई सहिद घोषणा गर्न नसकिने स्पष्ट पारे । गणतन्त्र समाप्त पार्न भएको उक्त घटनामा ज्यान गुमाएकालाई सहिद घोषणा गर्नुपर्ने गणतन्त्रवादीको माग नौटंकी भएको उनले तर्क गरे । 

त्यस्तै, मन्त्री गुरुङले सञ्चारमाध्यमलाई बलियो बनाउने गरी सरकारले आवश्यक कानुन ल्याउने स्पष्ट पारे । अहिले मुलुकमा खोज पत्रकारिता निकै कमजोर देखिएकाले त्यसतर्फ ध्यान दिन उनले सुझाव दिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro