site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतसँगको तनावबीच पाकिस्तानले फेरि गर्‍यो मिसाइल परीक्षण 

काठमाडौं । पाकिस्तानले सोमबार (अप्रिल ५) फेरि मिसाइल परीक्षण गरेको छ । गएको अप्रिल २२ मा भारतको कश्मीरमा २६ पर्यटकको हत्यापछि यी दुई देशबीच तनाव बढिरहेका बेला पाकिस्तानले मिसाइल परीक्षण गरेको हो ।

पाकिस्तानी सेनाले १२० किलोमिटर (७५ माइल) दूरीसम्म प्रहार गर्न सक्ने मिसाइल परीक्षण गरिएको जनाएको छ । यो प्रक्षेपण सैनिकहरूको युद्ध तयारी निश्चित गर्ने उद्देश्यले गरिएको समाचार संस्था एएफपीले जनाएको छ ।

पाकिस्तानले यसअघि गएको शनिबार ४५० किलोमिटर दूरीसम्म प्रहार गर्न सक्ने मिसाइल परीक्षणको घोषणा गरेको थियो । यो दूरी पाकिस्तानी सीमाबाट नयाँ दिल्लीसम्मको लगभग बराबर हो ।

पाकिस्तानले यी दुवै परीक्षण कहाँ गरिएको भन्ने बारे हालसम्म कुनै जानकारी दिएको छैन ।

यो मिसाइल परीक्षण इरानी विदेशमन्त्री अब्बास आराघची सोमबार पाकिस्तान भ्रमणमा आउने बेला गरिएको हो । इरानी विदेशमन्त्रीले प्रधानमन्त्री शेखबाज शरीफसँग वार्ता गर्ने कार्यक्रम छ । उनी बिहीबार भारत जाने बताइएको छ ।

इरानले यी दुई परमाणु हतियार भएका छिमेकी देशबीच मध्यस्थता गर्ने प्रस्ताव राखेको छ । अप्रिल २२ को आतंककारी घटनापछि दुई देशबीच सम्बन्ध तनावपूर्ण भएको अवस्थामा आराघची नै पहिलो शीर्ष विदेशी कूटनीतिज्ञ हुनेछन्, जसले भारत र पाकिस्तानको भ्रमण गर्नेछन् ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाएले आफ्नो देशले भारत र पाकिस्तानबीच तनाव कम गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

यसैबीच, भारतले नागरिक सुरक्षा अभ्यास गर्न आदेश दिएको छ । भारतीय सूचना मन्त्रालयका अधिकारीहरूले बुधबार (अप्रिल ७) धेरै नागरिक सुरक्षा ‘मक’ अभ्यास हुने बताएका छन् । यसले मानिसलाई कुनै शत्रुतापूर्ण आक्रमणको स्थितिमा आफूलाई बचाउन तयार गर्ने जनाइएको छ ।

भारतले पर्यटकमाथिको आक्रमणको दोष पाकिस्तानलाई लगाएको छ । पाकिस्तानले यो आरोप खारेज गरेको छ ।

संयुक्त राष्ट्रसंघले यसले दुवै देशलाई युद्धको स्थितिमा पुर्‍याएको जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार पाकिस्तान र भारतबीचको सम्बन्ध खराब स्थितिमा पुगेको बताए । र, हाल अधिकतम संयम अपनाउने र युद्धको डिलबाट पछि हट्ने समय भएको चेतावनी दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro