देश

काठमाडौं । तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका–३ घर भइ हाल काठमाडौं महानगरपालिका–७ बस्ने ७२ वर्षीय खेमराज सेढाई छन् । सेढाई राज संस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका सल्लाहकार समेत रहेको प्रहरीले जनाएको छ ।
गएको चैत १५ मा तीनकुनेमा भएको राजावादी प्रदर्शनमा आगजनी, तोडफोडमा संलग्न भएको आरोपमा उनलाई सोमबार पक्राउ गरिएको हो ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२ १७:५०
प्रतिक्रिया दिनुहोस्