site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रिसा साहको मृत्युबारे सत्यतथ्य सार्वजनिक गर्न शिक्षा समितिको निर्देशन

काठटमाडौं । संसदीय समितिले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युटमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको रहस्यमय मृत्युको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकले कलिंगा इन्स्टिच्युटमा नेपाली विद्यार्थीको रहस्यमय मृत्युको घटना दोहोरिएको भन्दै उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषीउपर कडा कारबाहीको पहल गर्न सरकारलाई निर्देशन दिएको हो । 

Argakhachi Cement Island Ad

बैठकले आगामी दिनमा यस प्रकारका घटना दोहरिन नदिनका लागि सजकगा अपनाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिइएको सभापति अम्मरबहादुर थापाले जानकारी दिए । बैठकले प्रिसा साहको मृत्युप्रति दुःख प्रकट गरेको छ ।

बैठकमा शिक्षामन्त्री रघुजी पन्तले कलिंगा इन्स्टिच्युटमा भएको घटनाप्रति सरकार गम्भीर रहेको भन्दै परराष्ट्रसँग निरन्तर समन्वयमा रहेको जानकारी दिए । उनले खुला सीमाका कारण भारतमा कति नेपाली पढ्न गएका छन् भन्ने यकिन नरहेको धारणा राखे । सरकारसँग एनओसी लिएर गएका विद्यार्थीको मात्र तथ्यांक गरेको उनले बताए । 

उनले कलिंगा इन्स्टिच्युटमा विद्यार्थी पठाउने एजेन्सीका बारेमा बुझ्ने काम भइरहेको जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १७:२८
प्रतिक्रिया दिनुहोस्