site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
व्यवस्थामाथि प्रहार गर्नेलाई नियन्त्रण गर्न कानुन बनाऊँ : वामदेव 

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अहिलेको व्यवस्थामाथि प्रहार गर्नेलाई नियन्त्रण गर्न कानुन बनाउनैपर्ने बताएका छन् । 

सोमबार राष्ट्रिय सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा गौतमले फेरि पनि गद्दीमा बस्न खोज्नेले विभिन्न षड्यन्त्र गर्न खोजेको भन्दै अहिलेको व्यवस्थामाथि प्रहार गर्नेलाई नियन्त्रण गर्न कानुन बनाउनैपर्ने बताए । 

गौतमले अहिले देशमा आन्दोलन नै आन्दोलन भइरहेको अवस्थामा त्यसलाई सामना गर्न प्रकाशज्योतिको कुनै शब्द नीति तथा कार्यक्रममा आफूले नपाएको तर्क गरे । 

उनले चारैतिर भ्रष्टाचार भएकाले विश्वमा नै नेपालको बदनाम हुन पुगेको अवस्थामा भ्रष्टाचारलाई समाप्त गर्ने अभियान नीति तथा कार्यक्रममा आउन नसकेको समेत धारणा राखे । 

संविधानमा उल्लेख समाजवादभन्दा अन्य व्यवस्थामा जान नसकिने उनले जिकिर गरे । सरकारको नीति तथा कार्यक्रमलाई आफूले आलोचनात्मक समर्थन गर्ने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro