site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारभित्रैबाट संयन्त्र बनाउन शेखरको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार गठनका बेला भएको सातबुँदे सहमति कार्यान्वयनमा सरकार चुकेको बताएका छन् । 

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सातबुँदे सहमतिमा उल्लेख संविधानमा संशोधन, आर्थिक सुधार, भ्रष्टाचारलाई निर्मूल गर्ने, दण्डहीनताको अन्त्य, सुशासन कायमलगायतमा सरकार चुकेको बताएका हुन् । 

उनले एमाले–कांग्रेसको दुईतिहाइको संख्याले नभई सदनभित्र रहेका सबै दलका साथै सरोकारवालाको राय लिएर मात्रै संविधानको पुनरावलोकन गर्नुपर्ने धारणा राखे । 

त्यस्तै कोइरालाले कांग्रेसभित्र कुनै समस्या नरहेको स्पष्ट पारे । वर्तमान सरकार ढाल्न लाग्यो भनेर आफूलाई लगाइएको आरोप सत्य नभएको भन्दै कोइरालाले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताए । 

उनले दुई दलले बनाएको संयन्त्र आवश्यक नरहेको मात्रै आफ्नो भनाइ रहेको जिकिर गरे । संयन्त्र बनाउनुपरे सरकारभित्रैबाट बनाउन उनले सुझाव दिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro