राजनीति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गर्ने निर्णय र नियुविक्तिमा स्वार्थ समूहको हाबी भएको बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैंकमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले एउटा गभर्नर एक महिनासम्म नियुक्ति गर्न नसक्नु पनि यसैको परिणाम भएको बताए ।
“महिना दिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न सक्नुभएको छैन तपाईंहरूले, दुईतिहाइको अहंकार त अब मैले हेर्दा त त्यो बेलुन फुटिसकेको देख्छु, हरेक नियुक्ति र निर्णयमा स्वार्थ समूह नै हाबी छन्,” प्रचण्डले भने ।
त्यस्तै, जनताले सहज रूपमा सेवा सुविधा पाउन सकेको पनि उनले बताए ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२ १५:०२
प्रतिक्रिया दिनुहोस्