
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताको मन मतिष्कमा सरकार ढलिसकेको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले सरकराको नीति तथा कार्यक्रमाथि बोल्दै जनताको मनबाट सरकार ढलिसकेको दाबी गरे ।
“प्राविधिकरूपमा त सरकार अहिले ढलेको छैन । जनताका मनमा, म अहिले देशभरि घुमेर पनि आएको छु, मुख्यतः तराई–मधेसमा । जनताको मन मस्तिष्कमा यतिबेला नैतिकरूपमा भन्ने हो भने सरकार छैन, सरकार ढलिसकेको छ,” उनले भने ।
प्रचण्डले सरकारको कार्यशैलीले लोकतन्त्रमाथि प्रहार गर्ने शक्ति बढेको बताए ।
“प्राविधिकरूपमा त सरकार बलियो छ । सरकारको कार्यशैलीले जन्माएको असन्तुष्टिलाई प्रतिगमनतिर प्रतिक्रियावादीले लैजाने जमर्को गरेको देख्दै छौँ,” उनले भने ।