राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव राखेका हुन् ।
प्रधानमन्त्रीको प्रस्तावपछि प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले धारणा राख्न थालेका छन् ।
वैशाख १९ गतेको संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२ १३:४१
प्रतिक्रिया दिनुहोस्