site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वडाध्यक्ष पक्राउ गर्न त प्रधानमन्त्रीको स्वीकृत चाहिन्छ, पूर्वसांसद कर्मचारीकै पत्रका आधारमा पक्राउ गरिन्छ ?

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद रेशम चौधरी पक्राउप्रति सांसदहरुले आपत्ति जनाएका छन् ।  सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकराले षड्यन्त्र गरेर पक्राउ गरेको आरोप लगाएका हुन् । 

स्वतन्त्र सांसद अमरेश सिंहले वडा अध्यक्ष पक्राउ गर्न त गृहमन्त्री, प्रधानमन्त्रीको स्वीकृति लिइने दाबी गरे । 

“सरकारको षड्यन्त्रले पक्राउ गरियो । कुनै कर्मचारीको हैसियत छैन कि राजनीतिक लेबलमा स्वीकृति नलिइ पक्राउ गरिन्छ । प्रधानमन्त्री, गृहमन्त्री सहमत भएरै पक्राउ गरिन्छ । एउटा वडा अध्यक्ष पक्राउ गर्न त प्रधानमन्त्री, गृहमन्त्रीलाई सोधिन्छ भने एउटा पूर्वसांसद, एउटा पार्टीको संरक्षकलाई पक्राउ गर्ने चिठी सहमतिबिना दिइन्छ होला ?,” उनी भन्छन् । 

उनले चौधरीलाई पक्राउ गर्ने कर्मचारी कुन दलको हो भनी छानबिन गनुपर्नेसमेत बताए ।  “त्यो कर्मचारीमाथि अनुसन्धान होस् । कुन दलको कर्मचारी थियो, कुन दलको इशारामा...,” उनले भने । 

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कुनै कारणबिना फर्जी चिठ्ठी राज्यको निकायले मानेकोप्रति असन्तुष्टि जनाए ।  “अचानक उनलाई गिरफ्तार गर्यो कुनै कारण छैन । एउटा फल्स चिठी देखाएर राज्यको सबै निकायले त्यसलाई मान्यो । जेलमा राखिदियो,” उनी भन्छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले न्यायिक छानबिन समितिको माग गरे ।  नागरिक उन्मुक्ति पार्टीका सांसद लालावीर चौधरीले प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ नदिए सरकार छाड्ने चेतावनी दिए । 

मंगलबार जवाफ नदिए सरकार छाड्ने बताएका हुन् । “भोलिकै दिनमा प्रधानमन्त्रीजी, गृहमन्त्रीजीले जवाफ दिनुभएन भने सरकार छोड्न बाध्य हुन्छौं,” उनले भने ।  सर्वोच्चका मुद्दा शाखामा कार्यरत अधिकृत महिमान सिंह विष्टको पत्रपछि प्रहरीले चौधरीलाई वैशाख १७ गते प्रहरीले प्रकाउ गरेको थियो । 

फर्जी पत्र भन्दै केही घण्टामा चौधरीलाई छाडिएको थियो । जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकताकै दिन पक्राउ परेपछि एकता भाँडिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro