site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजामा सैन्य अभियान विस्तार गर्ने विषयमा इजरायलको क्याबिनेटले निर्णय लिने
फाइल तस्बिर ।

काठमाडौं । इजरायली मन्त्रिपरिषद्का सदस्यहरूले प्यालेस्टिनको गाजापट्टीमा सैन्य अभियान विस्तार गर्ने वा नगर्ने विषयमा मतदानमार्फत निर्णय लिने भएका छन् ।

देशको प्रभावशाली सुरक्षा क्याबिनेटको गाजामा युद्ध विस्तार गर्ने वा नगर्ने विषयमा आइतबार साँझको बैठकबाट निर्णय लिन लागेको एक इजरायली अधिकारीले  समाचार संस्था एपीलाई बताए ।

इजरायली राष्ट्रिय सुरक्षामन्त्री इतामार बेनग्भीरले इजरायली सेनाको रेडियोलाई दिएको अन्तर्वार्तामा युद्ध विस्तार गर्ने उनको चाहना रहेको बताए, तर यसबारे थप विवरण खुलाएनन् ।

“हामीले आक्रमणको तीव्रता बढाउनुपर्छ र पूर्ण विजय हासिल नगरुन्जेल अगाडि बढ्नुपर्छ । हामीले पूर्ण विजय हासिल गर्नैपर्छ,” उनले भने ।

यसैबीच सेनाले हजारौँ रिजर्भ सैनिकहरू बोलाउन थालेको एक सैन्य अधिकारीले बताए । युद्ध सुरु भएको १८ महिनाभन्दा बढी समयपछि गाजामा युद्ध थप विस्तार गर्ने योजना आएको हो । त्यस क्षेत्रमा मानवीय संकट गहिरिँदै गएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आतंकवादी समूह हमासलाई इजरायलको सर्तमा नयाँ युद्धविरामको लागि वार्ता गर्न बाध्य पार्ने प्रयास स्वरुप इजरायलले मार्चको सुरुमा गाजामा सामान प्रवेश गर्न रोक लगाएको थियो । यसले २३ लाख जनसंख्या भएको यस क्षेत्रलाई सबैभन्दा खराब मानवीय संकटमा धकेलेको बताइएको छ ।

इजरायल र हमासबीच आठ हप्ताको युद्धविरामले युद्धमा अस्थायी रोक लगाएको थियो र इजरायली बन्दीहरू मुक्त गराएको थियो । तर, मार्चमा यो युद्धविराम भंग भयो ।

स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार युद्ध पुनः सुरु भएदेखि सयौं प्यालस्टिनीहरूको मृत्यु भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro