
काठमाडौं । बिहार विधानसभाका विपक्षी दलका नेता तेजस्वी यादवले जातीय जनगणनाको बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन् ।
“आदरणीय प्रधानमन्त्रीज्यू, तपाईंको सरकारले देशभर जातीय जनगणना गर्ने हालैको घोषणा गरेपछि म तपाईंलाई आशाका साथ यो पत्र लेख्दै छु,” पत्रमा उनले लेखेका छन्, “धेरै वर्षदेखि, तपाईंको सरकार र एनडीए गठबन्धनले जातीय जनगणनाको मागलाई अस्वीकार गर्दै यो विभाजनकारी र समाजको लागि अनावश्यक भएको बताएका छन् ।”
पत्रमा तेजस्वी यादवले बिहारले आफ्नै स्तरमा सुरु गरेको जात सर्वेक्षणमा केन्द्र सरकारले उठाएका प्रश्नहरू उल्लेख गरेका छन् ।
“जब बिहारले आफ्नै स्तरमा जात सर्वेक्षण सुरु गर्यो, केन्द्र सरकार र यसका वरिष्ठ कानुन अधिकारीहरूले यसमा धेरै अवरोधहरू सिर्जना गरे,” तेजस्वी यादवले लेखेका छन्, “तपाईंको पार्टीका नेताहरूले यस्तो तथ्यांक संकलन गर्ने आवश्यकता के हो भनेर पनि सोधे । यस विषयमा धेरै अपमानजनक र असंवेदनशील टिप्पणीहरू पनि गरिएका थिए ।”
उनले सीमान्तकृत नागरिकहको आवाजलाई बेवास्ता गर्न सकिँदैन भन्ने विश्वास गर्न थालेको बताएका छन् । “अब तपाईंको सरकारको यो ढिलो गरी गरेको निर्णयले के देखाउँछ भने तपाईंले हाम्रो समाजका सीमान्तकृत नागरिकको आवाजलाई बेवास्ता गर्न सकिँदैन भन्ने विश्वास गर्न थाल्नुभएको छ,” उनले लेखेका छन् ।
आफ्नो पत्रमा तेजस्वी यादवले जातीय जनगणनालाई सामाजिक न्यायतर्फको पहिलो कदमको रूपमा वर्णन गरेका छन् । बीबीसी