site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भुवनेश्वर पुग्दै प्रिसाका अभिभावक, त्यसपछि शवको पोस्टमार्टम

काठमाडौं । भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिसा साहको मृत्यु भएपछि उनका आमाबुवा शुक्रबार (वैशाख १९) ओडिशाको भुवनेश्वर पुग्ने भएका छन् । भुवनेश्वर–कटक प्रहरी आयुक्त सुरेशदेव दत्त सिंहले भारतीय समाचार संस्था पीटीआईलाई यसबारे जानकारी गराएका हुन् ।

कम्प्युटर विज्ञानकी स्नातक प्रथम वर्षकी छात्रा प्रिसा पर्साको वीरगन्ज निवासी हुन् । स्थानीय प्रहरीका अनुसार, साहका अभिभावक पुगेपछि शवको पोस्टमार्टम गरिनेछ । बिहीबार (वैशाख १८) साँझ प्रिसा कलेज होस्टेलको १११ नम्बर कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

उनको शव भुवनेश्वरस्थित एम्स अस्पतालमा पठाइएको छ । सिंहले इन्फोसिटी प्रहरी कार्यालयमा प्रिसाको अस्वाभाविक मृत्युको मुद्दा दर्ता गरिएको जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  ०९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro