
काठमाडौं । साताको अन्तिम कारोबारमा सेयर बजार आठ अंकले घटेको छ । बिहीबार मजदुर दिवस पर्दा साताको कारोबार ८.१४ अंकले घट्दै बुधबार बन्द भएको हो ।
यसदिन १०७ कम्पनीको सेयर मूल्य बढेको छ । १३६ कम्पनीको सेयर मूल्य घटेको छ । नौ अर्ब ३७ करोड ४१ लाख २२ हजार ६५५ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दुई करोड ४६ लाख ४१ हजार २६१ कित्ता सेयर ७९ हजार ७७७ पटकमा खरिदबिक्री भएको छ ।
समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स तथा क्रेष्ट माइक्रो लाइफको सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ ।
भूगोल इनर्जी, कर्पोरेट डेभलपमेन्ट बैंक, तारागाउँ रिजेन्सी होटेल, लक्ष्मी लघुवित्त लगायतका कम्पनी उच्च गुमाउनेमा परे ।
घट्दो बजारमा जलविद्युत्, माइक्रो फाइनान्स तथा म्युचअल फन्ड बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको छ ।