site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कश्मीर हमलापछि भारतले बन्द गरायो दर्जनौँ रिसोर्ट 

काठमाडौं । भारतको कश्मीरका अधिकारीहरूले सो क्षेत्रमा रहेका आधाभन्दा बढी रिसोर्ट अस्थायी रूपमा बन्द गराएका छन् । यो निर्णय कश्मीरको पहलगामनजिकैको रिसोर्टहरू भएको क्षेत्रमा बन्दुकधारीले २६ जनाको हत्या गरेको एक हप्तापछि भएको हो । हत्या हुनेमध्ये धेरै भारतीय पर्यटक थिए । 

नाम नबताउने सर्तमा कम्तीमा दुईजना प्रहरी अधिकारी र तीन प्रशासनिक अधिकारीले मंगलबार यो निर्णयको पुष्टि गरेको समाचार संस्था एपीले जनाएको छ ।

समाचारअनुसार सुरक्षा सावधानीका लागि ८७ वटा सरकारी अनुमतिमा चल्ने रिसोर्टमध्ये ४८ वटा बन्द गर्ने निर्णय लिइएको  छ । तर, यी स्थानहरू कतिको समयसम्म पर्यटकका लागि प्रतिबन्धित हुनेछन् भन्ने स्पष्ट गरिएको छैन । 

गतहप्ता पर्यटकमाथि भएको आतंककारी हमलाले भारत र पाकिस्तानबीच तनाव बढाएपछि यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसघटनाले भारत र पाकिस्तानबीच प्रतिशोधात्मक कूटनीतिक कदमहरू सुरु गर्‍यो भने भिसा रद्द गरेको छ । 

नयाँदिल्लीले इस्लामाबादसँगको महत्त्वपूर्ण पानी बाँडफाँट सन्धि निलम्बन गर्दै पाकिस्तानसँगको सीमा बन्द गर्ने आदेश दिएको छ । प्रतिक्रियास्वरूप पाकिस्तानले भारतीय एयरलाइन्सप्रति आफ्नो वायुसीमा बन्द गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ०७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro